नेप्सेमा ४६ लाख कित्ता बढि बोनश सेयर सुचिकृत
प्रकाशित:
१५ असार २०८१
सुर्य ज्योति लाईफ इन्स्योरेन्स लिमिटेडको १०.२६ प्रतिशत बोनश सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आईतबार सुचिकृत भएको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १०.२६ प्रतिशत बोनश सेयर र कर प्रयोजनाका लागि समेत गरी २४.७४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीको १० प्रतिशत बोनश बापतको ४६ लाख ६३ हजार ७५६.९७ कित्ता बोनश सेयर नेप्सेमा सुचिकृत भएको हो । कम्पनीको ग बैशाख २१ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares