सिटिजन्स बैंंकको मोबाइल बैंकिङ्ग एपमा थप नँया सुविधा
प्रकाशित:
२९ असोज २०८०
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको मोबाइल बैंकिङ्ग अनुभव अभिवृद्दि गराउने र वास्तविक डिजिटल बैंकिङ्गको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोवाइल बैंकिङ्ग एपमा नँया सुविधाहरु थप गरेको छ ।
डिजिटल बैंकिङ्गलाई सधै प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बंैकिङ्ग एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्यउपयोगी सेवाहरु समेत थप गरेको छ । अव ग्राहकहरुले मोवाइल बैंकिङ्ग एप मार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेविट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सिमा हेर्ने जस्ता सुविधाहरु थप गरेको छ ।
बैंकले आफ्ना बिशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइल मार्फत नै प्रिभिलेज बैंकिङ्ग सेवा समेत सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ्ग एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झनझट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुने छ ।
सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ UI (प्रयोगकर्ता इन्टरफेस) मा अपग्रेड गरिएको छ जसले प्रयोगकर्ताको अनुभव बढाउँछ ।
लगइन मेनु पनि पुनस् संगठित गरिएको छ जहाँ स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, EMI क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको छ । लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्ता मैत्री बनाइएको छ र साथै नेपालपे को क्युआर मार्फत व्यापारीहरूलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाहरू जस्ता विभिन्न नयाँ सुविधाहरू ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रियाहरू
Dikpal shahi
2 years ago
Mobile banking sewa
Harihar Acharya
2 years ago
यस्तै थप सुविधा थप हुँदै जाऊन ।
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares