आईएमई लाइफको संचालकको बैठक भत्ता ६६.६६ प्रतिशतले बढाउँदै, कुन भत्ताको शिर्षकमा कति प्रतिशतले बढ्यो ?

अर्थकागज
प्रकाशित: २६ जेठ २०८१
Image description

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संचालक समितिक बैठक भत्ता र दैनिक भत्ता बढाउने तयारी गरको छ । कम्पनीले तीन महले बनाई बैठक भत्ता र दैनिक भत्ता बढाउने प्रस्ताव सातौ वार्षिक साधारणसभामा लौजाने भएको हो । कम्पनीको बार्षिक प्रतिवेदन अनुसार संचालक समितिको अध्यक्षको बैठक भत्ता ६६.६६ प्रतिशत र संचालक समितिका सदस्यहरुको बैठक भत्ता ६० प्रतिशतले बढाउने प्रस्ताव अघि सारेको छ ।

अहिले संचालक समितिको अध्यक्षले प्रति बैठक भत्ता १२ हजारबाट २० हजार र अहिले संचालक समितिहरुको प्रति बैठक भत्ता १० हजारबाट १६ हजार पुर्याउने प्रस्ताव गरिएको छ । त्यसै गरी कामको सिलसिलामा संचालकको अध्यक्षले नेपाल भ्रमण गर्दा हाल दैनिक भत्ता ४ हजारबाट ५ हजार रुपैयाँ र संचाल समितिका सदस्यहरुले हाल ३ हजार ३ सयबाट ४ हजार रुपैयाँ पुर्याउने प्रस्ताव अघि सारेको छ । त्यसै गरी भारत भ्रमण गर्दा अध्यक्षको लागि बासस्थानको लागि भारु ८ हजार रुपैयाँबाट अहिले बिलको आधारमा र अध्यक्षको हालको दैनिक भत्ता भारु ६ हजारबाट ६ हजार ५ सय रुपैयाँ र संचालक समितिका सदस्यहरुलाई बासस्थानको लागि भारु ७ हजारबाट अहिले बिलको आधारमा र सदस्यहरुको दैनिक भत्ता बारु ५ हजार ५ सयबाट ६ हजार रुपैयाँ पुर्याउने प्रस्ताव अघि सारिएको छ । त्यसै गरी मलेसिया, आईल्याण्ड तथा सार्क देशहरुमा बासस्थानका लागि हाल अमेरिकन डलर २ सय डलर र दैनिक भत्ता बापत १३० डलरबाट अहिले अध्यक्षलाई बासस्थानको लागि ३२५ डलर र दैनिक भत्ता २२५ रुपैयाँ पुर्याउने र संचालक सदस्यहरुको बासस्थानको लागि १७५ डलर र दैनिक भत्ता ११० डलरबाट अहिले बासस्थानको लागि ३०० डलर दैनिक भत्ता २०५ डलर पुर्याउने प्रस्ताव अघि सारेको छ । त्यसै गरी अध्यक्षले अन्य देशमा बासस्थानको लागि २२५ डलर र दैनिक भत्ता १८० डलरबाट अहिले बासस्थानको लागि ४२५ डलर र दैनिक भत्ता बापत ३२५ डलर पुर्याउने र संचालक समितिका सदस्यहरुलाई बासस्थानको लागि २१५ डलर र दैनिक भत्ता १६० डलरबाट अहिले बासस्थानको लागि ४०० डलर देनिक भत्ता ३०० डलर पुर्याउने प्रस्ताव अघि सारको छ । समयसापेक्षा अनुसार भत्ता बढाउनु परेको कम्पनीले बताएको छ ।


प्रतिक्रियाहरू

भानुभक्त पाण्डे

1 year ago

कम्पनी डुबाने खेलो

pandeybhanubhakt@gmail.com

1 year ago

लूट धन्धा

ढुण्डी राज दुलाल

1 year ago

खाएर सक है शेयर धनी हेरेका हेरै छ्न

ढुण्डी राज दुलाल

1 year ago

खाएर सक है शेयर धनी हेरेका हेरै छ्न

सम्बन्धित खबर