भगवती हाइड्रोपावर डेभलपमेण्टको साधारणबाट १४.७३६८ प्रतिशत लाभांश पारित
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २४ औँ वार्षिक साधारण सभाबाट १४.७३६८ प्रतिशत लाभांश पारित भएको छ । आज अर्थात बुधबार काठमाडौंको थापागाँउकोे अर्पण ब्याङ्क्वेटमा सम्पन्न साधारणसभाबाट लाभांश पारित भएको हो ।
कम्पनीले सेयरधनीलाई ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो ।
सभाले कम्पनीको जारी पूँजी वृद्धि गरि ५९ करोड ४९ लाख ४७ हजार ३०० कायम गर्न कम्पनीको जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६ को (ख) र (ग) संशोधन गरेको छ । त्यसैले सभाले आव ०८०/८१ को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, आव ०८०÷८१ को लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरण स्वीकृत गर्ने र आव ०८१÷८२ का लागि लेखापरिक्षकको नियुक्ति गर्नुको साथै सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट २ जना सञ्चालक नियुक्त गरेको छ ।
Shares