गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
प्रकाशित:
१७ कात्तिक २०८२
काठमाडौं । गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने एवं साधारणसभामा सहभागिताका लागि आफ्नो स्थान सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनका लागि मंगलबार एक दिनका लागि बुक क्लोज हुने भएकाले आजै लाभांश सुरक्षित गर्नुपर्ने भएको हो ।
आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू बैंकको वार्षिक साधारण सभामा सहभागी हुन तथा घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
बैंकले आगामी कात्तिक २७ गते पोखरामा हुने साधारणसभामा हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ४।५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares