सर्वोत्तम सिमेन्टको आईपिओ बाँडफाँड शुक्रबार

अर्थकागज
प्रकाशित: २१ फागुन २०८०
Image description

सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागी निष्काशन गरेको साधारण सेयर(आईपीओ)को बाँडफाँड फागुन २५ गते शुक्रबार गरिने भएको छ । आईपिओ बाँडफाँड कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमांडौमा हुनेछ ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनीले बुकबिल्डिङबाट आईपिओ निष्काशन गरेकाले ५० कित्ताका दरले बाँडफाँड हुने भएकाले ५५ हजार ५ सय २१ जनाले मात्र आईपिओ प्राप्त गर्नेछन् ।

सिडिएसीका अनुसार अन्तिम दिनसम्ममा कम्पनीको आईपिओमा १० लाख १२ हजार ३८४ जना आवेदकबाट १९ अर्ब ५३ करोड रुपैयाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन परेको छ ।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर