बलेफी हाइड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद बिक्री खुला गर्ने

अर्थकागज
प्रकाशित: १८ मंसिर २०८१
Image description

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।  हाइड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपियाँबराबरको शतप्रतिशतले हुन आउने १ः१ अनुपातमा १०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हकप्रद प्रयोजनार्थ कम्पनीले कम्पनीले कात्तिक २१ गते एक दिन बुक क्लोज गरिसेकेको छ । अतः कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।हकप्रदमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर