पाटन अस्पतालको ओपिटी सेवा बन्द, सयौ बिरामी उपचारबाट बन्चित
ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिटी सेवा बन्द गरेपछि नियमित स्वास्थ्य उपचार गर्दै आइरहेका सयौ विरामी समस्या परेका छन् ।
पाटन अस्पातलले इमरजेन्सी सेवा भने २४ घण्टा नै खुला राखेको छ । बिहीबार ओपिटी सेवामा उपचार गर्न अस्पताल पुगेका विरामीहरुको टिकट काउन्टरमा ठूलो भिड देखिन्थियो । सवै विरामीहरु टिकट काउन्टर किन नखुलेको ? भन्दै सिक्योरिटी गार्डलाई सोध्दै थिए ।
सिक्योरिटी गार्ड भने ठूलो स्वरले भन्दै थिए-'डाक्टहरु आन्दोलनमा गएका छन् । विरामीलाई गाह्रो भए इमरजेन्सीमा लैजाने, ओपिटी कहिले खुल्छ थाहा छैन, समाचार सुन्दै गर्नुहोला । सरकार र चिकित्सक बिच कहिले सहमति हुन्छ । त्यसपछि ओपिटी खुल्छ ।'
पाटन अस्पतालले बिहीबार बिहान ८ बजेसम्म टिकट खुलाएको थियो ।
ओपिटी सेवा बन्द भएपछि नुवाकोट घर भएका हाल पाटन बस्दै आएका कृष्ण श्रेष्ठले आफ्नो श्रीमतीलाई उपचार नगरी फर्किन परेको बताए । उनको श्रीमती गरिमा श्रेष्ठ गर्भवती हुन् । चिकित्सकहरु आन्दोलनमा हिडेपछि श्रेष्ठ जस्तो पाटन अस्पताल आएका सयौ संख्यामा विरामीहरु उपचार नपाएर घर फर्किएका छन् ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares