सेयरधनीलाई ५% लाभांश दिएको नेपाल पुनर्बीमा कम्पनीको व्यवस्थापन खर्च २० करोड ६७ लाख, कर्मचारीको तलव/भत्ता कति ?
# किसान लघुवित्त वित्तीय संस्थामा लाखौं रुपैयाँ अपचलन !
# यि हुन नेपाल पुनर्बीमा कम्पनीको २० ठूला सेयरधनी कम्पनी, कुन कम्पनीको कति सेयर स्वामित्व ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले व्यवस्थापन खर्चमा खुलेरै खर्च गरेको देखिएको छ । कम्पनीको २०७९/२०८० को बार्षिक प्रतिवेदन अनुसार नेपाल पुनर्बीमा कम्पनीले व्वयवस्थाप खर्चमा २० करोड ६७ लाख ३७ हजार ६९ रुपैयाँ खर्च गरेको छ । जसमा कर्मचारीहरुको तलव/भत्ता वापतको खर्च ९ करोड ३८ लाख १० हजार ३५९ रुपैयाँ र कार्यालय संचालन खर्च ११ करोड २९ लाख २६ हजार ७१० रुपैयाँ खर्च भएको छ । बार्षिक प्रतिवेदन अनुसार कम्पनीको सिईओले तलव/भत्ता बापत ६४ लाख ७ हजार १९ रुपैयाँ र अन्य कर्मचारीहरुलाई कम्पनीले तलव भत्ता बापत ७ करोड ४ लाख १२ हजार ६४३ रुपैयाँ खर्च गरेको छ । कम्पनीले सेयरधनीलाई ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) र ४.७५ प्रतिशत बोनस सेयर गरी कुल ५ प्रतिशत लाभांश दिएको छ । कम्पनीको जेठ १७ गते बिहीबार अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली काठमाडौंमा बिहानी ९ ः ३० बजेदेखि साधारणसभा बोलाएको छ ।
समितिको बैठकमा लाखौंलाख खर्च
कम्पनीले गत आर्थिक वर्षमा संचालक समितिको बैठक भत्ता १९ लाख २५ हजार ८ सय रुपैयाँ अन्य समिति तथा उपसमितिको बैठक भत्ता २४ लाख ९८ हजार ९८० रुपैयाँ खर्च गरेको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares