सभामुखको अगाडीबाट मन्त्री हिडेपछि एमालेको आपत्ति
प्रकाशित:
०३ असार २०८३
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै नेकपा एमालेले रुलिङको माग गरेको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसदमा सांसद बोलिरहेको र सभामुखले बैठक संचालन गरिरहेको समयमा सरकारका मन्त्रीहरु अगाडीबाट हिडेर प्रतिनिधिसभाको गरिमा र मर्यादा नराखेको भन्दै संसदीय मर्यादा उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका हुन् ।
प्रतिनिधि सभाको नियमावली २०८३ को २० को छ मा 'सभामुखको आसन तथा बोलिरहेको सांसदको बीचबाट हिड्न नहुने' भन्ने उल्लेख छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares