सिटिजन्स बैंकको वार्षिक साधारण सभाबाट नयाँ संचालक समिति चयन, लाभांश पारित

अर्थकागज
प्रकाशित: २५ असोज २०८०
Image description

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७ औं वार्षिक साधारणसभा आथ अर्थात असोज २६ गते सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरुलाई ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।
यसका साथै, सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गरिएको छ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि सभाले पारित गरेको छ ।
त्यसैगरी, उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्तिका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
साधारण सभाबाट प्रवल जङ्ग पाण्डे,सीता कार्की (के .सी.),सजन शर्मा र दिग्विजय विष्ट बैंकको संचालक समितिको सदस्य मा निर्वाचित हुनु भएको छ ।
सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराएका थिए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर