ईङवा हाईड्रोपावरको नाफामा उछाल, बिद्युत विक्रि आम्दानी ७ करोड नाघ्यो

अर्थकागज
प्रकाशित: ३० कात्तिक २०८२
Image description

काठमाडौं । ईङवा हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार कम्पनीको खुद नाफामा व्यापक बृद्धि देखिएके छ ।

प्रकाशित विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले ५६ लाख १ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा ५२७६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १०.७२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७ करोड १७ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको कम्पनीको प्रति शेयर आम्दानी ३.७३  रुपैयाँ र प्रति शेयर नेटवर्थ ९६ रुपैयाँ ७० पैसा रहेको छ।

प्रतिक्रियाहरू

yNLLarTRpVkoBEkVaFkG

5 months ago

qzlcKaGFqMAiarsurWmntIo

सम्बन्धित खबर