नेपाल लाइफ इन्स्योरेन्सकोको साधारणसभा आज, लाभांशसहितका यी एजेण्ड पारित हुने

अर्थकागज
प्रकाशित: १७ असार २०८१
Image description

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको २३ औं र २४ औं वार्षिक साधारणसभा आज असार १८ गते पर्साको वीरगन्जस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि शुरु हुनेछ।

सभाले आव २०७९/८० का लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्तापूँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ।

सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह (क) को तर्फबाट तीन जना सञ्चालक, सर्वसाधारण समूह (ख) को तर्फबाट तीन जना सञ्चालक तथा एक जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको प्रस्ताव पारित गर्नेछ।

साथै सभाले कम्पनी नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन÷परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

यसैगरी, सभाले आव २०७८/७९ र आव २०७९/८० को वार्षिक कार्यप्रगति प्रतिवेदन पारित गर्नेछ । साथै सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७८/७९ र आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणउपर छलफल गरी पारित गर्ने छ ।

सभाले आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आगामी असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले असार ३ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर