नेको इन्सुरेन्सको खेर नजाने यात्रा बीमा योजना : 'स्वास्थ्य सुरक्षा' देश बाहिर पनि देश भित्र पनि, त्यो पनि महिनौ सम्म ढुक्क !
काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले ''नेको इन्सुरेन्सको खेर नजाने यात्रा बीममा योजना'' सार्वजनिक गरेको छ । देशको बीमा बजारमा विगत २८ वर्ष देखि सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्स लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै यात्रा बीमा योजना अन्तर्गत खेर नजाने यात्रा बीमा योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
यात्रा बीमा भनेको के हो ?
यस बीमा अन्तर्गत तपाई आफ्नो देश बाहिर यात्रा गर्दा हुने निम्नानुसारका अप्रत्याशित र आपतकालिन खर्चहरुको जोखिम बहन गरिन्छ ।
• Personal Accident,
• Emergency Medical Expenses and Emergency Medical Evacuation and Air Ambulance Expenses
• Repatriation of Mortal Remains
• Travel of one immediate family member
• Loss of Checked Baggage
• Personal Liability
• Travel Delay
• Hi-Jack
• Legal Expenses
• Repatriation of family member travelling with the Participant
• Emergency Return Home following Death of a Close Family Member
यस योजना अन्तर्गत बैदेशिक यात्रामा रहि रहदा माथी उल्लेख भए अनूसारको अनेकन सुविधाहरुको साथसाथै यात्रा बाट स्वदेश फर्किदा समेत महिनौ सम्म पनि थप स्वास्थ्य उपचार र दुर्घटना बीमाको सुविधा प्रदान गरिनेछ ।
यो थप सूविधा नेको इन्सुरेन्सबाट जारी हुने Travel Medical Insurance मा मात्र उपलब्ध छ । साथै यो थप सुविधाको लागी कूनै थप बीमाशुल्क लाग्ने छैन् ।
Shares