कालंगा हाइड्रोको IPO बुधबार बाँडफाँड हुने
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको आईपीओ भोली अर्थात बुधबार बाँडफाँड हुने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटलको अनुसार विहान ११ बजे क्यापिटलको केन्द्रिय कार्यालय नक्शालनमा आईपीओ बाँडफाँड हुने छ ।
कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ बाँडफाँड गरेको थियो ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोडको ३५ प्रतिशत अर्थात ४९ करोड बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये आयोजना प्रभावितलाई १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५० हजार कित्ता बाँडफाँड गरेको थियो ।
कम्पनीले बाँकी शेयरमध्ये सामूहिक लगानी कोषलाई १ लाख ७५ हजार कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई १ लाख ५ हजार कित्ता सुरक्षित गरी बाँकी रहने २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको थियो ।
Shares