नेशनल लाईफ इन्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश पारित

अर्थकागज
प्रकाशित: ०६ भदौ २०८१
Image description

काठमाडौं । कम्पनीको घट औं वार्षिक साधारण सभा आज कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।
सभामा अध्यक्षज्यूले समिक्षा वर्ष २०७९/०८० मा राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिदृष्यहरु धेरै उत्साहप्रद नरहेको र अहिले विश्व अर्थतन्त्र सुधार उन्मुख भए तापनि सो चुनौतपूर्ण रही यसको लागि लामो समय लाग्ने देखिएको पृष्ठभूमीमा बढ्दो ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पारी पूँजीगत खर्च एवं समग्र मांगमा आएको कमिले स्वदेशी अर्थ ब्यवस्थामा प्रतिकूल प्रभाव परेको स्थितिमा आ.व.२०७९/०८० मा जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसकेको भएतापनि आ.व.२०८०÷०८१ मा जीवन बीमा ब्यवसायले सुधारको वाटो तय गरेको उल्लेख गर्नु भयो ।
आ.व.२०७९/८० मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क १६.६६ प्रतिशतले बृद्धि भई रु.१,६८०.९० करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा रु.९३१.८३ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.६,५४०.४० करोड पुगेको छ । कूल लगानी १५.७२ प्रतिशतले बृद्धि भई रु.४,९७८.२० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७९÷०८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ ।
कम्पनीका सबै लगानीहरु श्री नेपाल बीमा प्राधिकरणले जारी गरेका लगानी निर्देशिका अनुसार रहेका छन् यी सबै सुरक्षा र प्रतिफलको हिसाबले राम्रा छन् । सोही लगानी निर्देशिका अन्तर्गत रहेर कम्पनी आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरुमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा ब्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको छ । यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्ज स्थित भवन निर्माण कार्य सम्पन्न हुने स्थितिमा छ र यथाशिघ्र सो भवन संचालनमा ल्याउन प्रयास भै रहेको छ ।
कम्पनीले ःभचअजबलत द्यबलपष्लन क्षेत्रमा नेशनल क्यापिटल लिमिटेड नामक एक सहायक कम्पनीको स्थापना गरी संचालनको प्रकृया अघि बढाएको छ भने आ.व.२०८१÷०८२ मा सहायक कम्पनी कै रुपमा एउटा क्ष्लखभकतmभलत ऋयmउबलथ खोल्न प्रयासरत रहने छ । यसबाट लगानी विविधीकरणमा सहयोग पुग्ने र यसले कम्पनीको प्रवर्धनमा टेवा पु¥याउने कम्पनीको विश्वास छ ।
कम्पनीले ग्राहक केन्दि«त भई सूचना प्रविधि क्षेत्रमा पर्याप्त लगानी गर्दै ब्यवसाय संचालनको क्रममा डिजिटल प्रणालीको उच्चतम् प्रयोग गर्दै आएको छ । कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ । यसै गरी कम्पनीको आ.व.२०७९/०८० को बीमाङ्कन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त ँगतगचभ द्ययलगक एचयखष्कष्यलष्लन गरेर बीमितहरुलाई दिइ आएको वोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ ।
कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशतले रु ९७,३३,१५०/– बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको छ ।
३६ औं वार्षिक साधारण सभाले आ.व. २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५ /- मा १० प्रतिशतका दरले नगद लाभांश रु.५०,११,६६,६४२/५० र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश रु.२०,०४,६६,६५७ /- साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि रु.३,६९,२८,०६८/३९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५/- मा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२/- पुगेको छ ।
सभामा अध्यक्षज्यूले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गर्नु भयो ।

प्रतिक्रियाहरू

युगल बसेल

1 year ago

NLICL को AGM मा अनौठो अभ्यास गर्दै कम्पनिका खुराफात कर्मचारीले आफ्ना हितैषी सेयरधनीलाई सुटुक्क कौसिमा लगेर खाजा नास्ता खुवाएको आम सेयरधनीले भन्को पनि पाउँदा रहेनछन् ।

नरेन्द्र मान श्रेष्ठ

1 year ago

साधारणसभा मा बाेल्नेहहरुले भत्ता पाए राम्रो नपाए बिराेध गर्ने त हाे ।

सम्बन्धित खबर