लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो बार्षिक साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले असार ३० गतेको बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभामा अध्यक्षद्वारा संचालक समितिको वार्षिक प्रतिवेदन २०८० /८१ प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात र आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने, लेखा परिक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, संचालक समितिबाट प्रस्तावित ०.५२६३१६७९० प्रतिशत नगद लाभांस पारित गर्ने (बोनस शेयरको कर प्रयोजनार्थ), सर्वसाधारण शेयरधनीतर्फ (समूह ख ) बाट १ जना संचालकको निर्वाचन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरूको नियुक्तिलाई अनुमोदन गर्ने साधारण प्रस्तावहरु पेश हुनेछ । त्यसै गरी साधारणसभामा कम्पनीले संचालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । बोनस वितरणपछि कायम हुन आउने दशमलवपछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्ने, विशेष प्रस्ताव नं. १ बमोजिम बोनस शेयर जारी गरे पश्चात हुने शेयर संरचनामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने हुँदा सोही मुताबिक कम्पनीको प्रबन्धपत्र र नियमावलीको आवश्यक दफाहरु संसोधन गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सन्दर्भमा नियमनकारी निकायहरु (कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, आदि) ले आवश्यक सुझाव वा निर्देशन दिएमा सो अनुरूप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
कम्पनीले साधारणसभाको लागि असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असार १५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
Shares