आज हरितालिका तीज, सेयर कारोबार के हुन्छ ?
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।
वरदान विपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको धार्मिक ग्रन्थमा उल्लेख छ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएकी थिइन् । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्।
नेप्से के हुन्छ ?
आज सोमबार सरकारले हरितालिका तिजका अवसरमा महिला कर्मचारीहरुलाई मात्र सार्वजनिक विदा दिएकाले कार्यलयमा सार्वजनिक विदा छैन त्यसैले आज नियमित रुपमा नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सेयर कारोबार हुनेछ ।
Shares