दलका केन्द्रिय नेताहरुलाई चौदण्डीगढी ५ मा प्रवेश निषेध

माधव पोखरेल
प्रकाशित: १६ मंसिर २०८०
Image description

उदयपुर । उदयपुरकामे चौदण्डीगढी नगरपालिका वडा नं ५ का स्थानीयले दलका केन्द्रीय तहका नेता तथा प्रदेशसभाका सदस्य, संघीय साँसद लगायतका नेताहरुलाई वडामा प्रवेश निषेधको घोषण गरेका छन् ।

विगत १४ वर्षदेखि सो वडाको बेल्ही गाउँबाट सिवाई जोड्ने त्रियुगा पुल भत्किएर अलपत्र परेको तर मर्मत सम्भारमा बेवास्ता गरेको कारण सम्बन्धित मन्त्रालयका मन्त्री, नेता तथा सडक विभाग मातहतका उच्च अधिकारीहरु समेतलाई सो वडामा प्रवेश निषेध गर्ने निर्णय गरिएको बताइएको छ ।

चौदण्डीगढी वडा नं ५ का वडाध्यक्ष तुलसी ढकालले भत्किएको पुलमा एक भेलाको आयोजना गरी आफ्नै अध्यक्षतामा सात सदस्यीय संघर्ष समिति गठन गरिएको जानकारी दिएका छन् ।

अध्यक्ष ढकालले आफूले दुई पटक यस क्षेत्रका संघीय सांसद डा. नारायण खड्कालाई भेटेर पुलको मर्मत स.भारकालागि अनुरोध गरेको जानकारी दिंदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा गत साउन १३ गते सर्वदलिय बैठक समेत गरेको हालसम्म पनि सुनुवाई नभएकोले बाध्य भएर संघर्ष समिति बनाएर नेताहरुका विरद्धमा प्रवेश निषेध गर्नु परेको बताए ।

यसैगरी सो वडाका पूर्व वडाध्यक्ष देवनारायण चौधरीले पनि पुलको अभावमा सुन्दरपुर, सविाई, हडिया र फत्तेपुरका स्थानीयले पनि वर्षा र हिउँदका समयमा ठूलो सास्ती भोग्नु परेको बताए । var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर