दलका केन्द्रिय नेताहरुलाई चौदण्डीगढी ५ मा प्रवेश निषेध

प्रकाशित:
१७ मंसिर २०८०

उदयपुर । उदयपुरकामे चौदण्डीगढी नगरपालिका वडा नं ५ का स्थानीयले दलका केन्द्रीय तहका नेता तथा प्रदेशसभाका सदस्य, संघीय साँसद लगायतका नेताहरुलाई वडामा प्रवेश निषेधको घोषण गरेका छन् ।
विगत १४ वर्षदेखि सो वडाको बेल्ही गाउँबाट सिवाई जोड्ने त्रियुगा पुल भत्किएर अलपत्र परेको तर मर्मत सम्भारमा बेवास्ता गरेको कारण सम्बन्धित मन्त्रालयका मन्त्री, नेता तथा सडक विभाग मातहतका उच्च अधिकारीहरु समेतलाई सो वडामा प्रवेश निषेध गर्ने निर्णय गरिएको बताइएको छ ।
Shares