आइएमई लाइफको नाफा बढ्यो, जीवन बीमाकोष ११ अर्ब नजिक

अर्थकागज
प्रकाशित: १५ माघ २०८१
Image description

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४.१२ प्रतिशत वृद्धि भएको छ। गत आवमा कम्पनीले २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर २६ करोड ७८ लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको आम्दानी र खुद बीमाशुल्क आर्जनमा वृद्धि भएकाले नाफा बढेको हो।

कुल आम्दानी गत आवमा २ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३ अर्ब १४ करोड ६५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै खुद बीमाशुल्क आर्जन गत आवमा १ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ पुगेको छ। चालू आवको दोस्रो त्रैमासम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेर १० अर्ब ८७ करोड २६ लाख रुपैयाँ कायम भएको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको छ। कम्पनीले दोस्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा १३ करोड ८२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ७५ लाख रुपैयाँ र शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ रहेको छ। यसै अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी भने ११ रुपैयाँ ७४ पैसाबाट घटेर १० रुपैयाँ ७१ पैसा कायम भएको छ। त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २३ पैसा रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर