थानकोट-चन्द्रागिरि-चित्लाङ सडक आजदेखि एक महिना बन्द हुने

अर्थकागज
प्रकाशित: २४ जेठ २०८१
Image description

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्ड स्तरोन्नतिका लागि शुक्रबारदेखि एक महिनाका लागि बन्द हुने भएको छ।

उक्त सडकको चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्ने लगायतको मर्मत शुक्रबारदेखि सुरू हुने भएकाले असार २५ गतेसम्म दिउँसोको समयमा बाटो बन्द गरिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सडक डिभिजन कार्यालय, काठमाडौंका इञ्जिनियर रामकुमार श्रेष्ठले सडक सुधारका क्रममा सुरक्षालाई दृष्टिगत गरी एक महिनालाई सवारी आवागमन बन्द गर्न लागिएको जानकारी दिए।

यो सडकखण्ड मर्मत गर्न तीन करोड ९३ लाख रूपैयाँमा ठेक्का लागेको छ।

सडक मर्मतको समय बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म पूर्ण रूपमा सडक बन्द गरिने इञ्जिनियर श्रेष्ठले बताए।

प्रतिक्रियाहरू

सम्बन्धित खबर