सन नेपाल लाईफद्वारा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र फलफुल वितरण
काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको छैठौं वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको उपलक्ष्यमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र फलफुल प्रदान गरी सम्मान गरेको छ ।
कम्पनीले वागमति प्रदेश कार्यालय अन्तर्गत रहेका काठमाण्डौं उपत्यका भित्रका ९ वटा शाखा कार्यालयहरुले संयुक्त रुपमा काठमाण्डौं–३१, शान्तिनगर स्थित निःसहाय सदन जेष्ठ नागरिक आवास गृहमा रहनु भएका ४१ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र फलफुल प्रदान गरी सम्मान गरेका हो ।
उक्त कार्यक्रममा कम्पनीका वागमति प्रदेश प्रमुख चुडामणि सुवेदी सहित सबै शाखाका प्रमुखहहरु, अभिकर्ता, मार्केटिङ म्यानेजरहरु तथा कर्मचारीहरुको उपस्थिति रहको थियो । सो अवसरमा ९२ वर्षिय जेष्ठ नागरिक खडानन्द सापकोटाबाट केक काटी सम्पूर्ण सम्मानित जेष्ठ नागरिक तथा उपस्थित सबैले खुसीयाली मनाइएको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares