एभरेष्ट कलरले डाक्यो विशेष साधारणसभा

अर्थकागज
प्रकाशित: २१ वैशाख २०८२
Image description

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । बैशाख १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, मध्यपुर ठिमी–३, भक्तपुरं जेठ ७ गते बुधबार विहान १० बजे विशेष साधारणसभा बोलाएको हो ।

सभाले एक जना स्वतन्त्र संचालक नियुक्त गर्नेछ । त्यसै गरी सभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी बृद्धि गर्ने, पूँजी बृद्धि भएअनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संसोधनमा संबन्धित नियमनकारी निकायले फेरबदल गर्न सुझाव दिएमा सो अनुरुप समायोजन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर