नेसनल लाइफका प्रिमियम कलेक्सनमा छलाङ्ग, व्यवस्थापन खर्चमा कटौती
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मका वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन (प्रिमियम कलेक्सन) मा बृद्धि भएको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन (प्रिमियम कलेक्सन) मा १५ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमाशुल्क आर्जन १४ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो ।
कम्पनीले यो अवधिसम्म कम्पनीले ७ अर्ब ८१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६ अर्ब ४ करोड खुद दाबी भुक्तानी गरेको थियो ।
जुन वर्षको यही अवधिको तुलनामा २९.३२ प्रतिशतले बढी हो । समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ४ अर्ब ३७ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो ३ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च घटेर १ अर्ब १० करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च १ अर्ब २० करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म कम्पनीले जीवन बीमा कोषको आकार १८.५९ प्रतिशतले बढेर ६० अर्ब २५ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यस्तो कोषमा ५० अर्ब ८० करोड रुपैयाँमा सीमित थियो । अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ८ करोडरुपैयाँ रहेको रिजर्भको आकार ६१.३८ प्रतिशतले घटेर ४० करोड ७९ लाख रुपैयाँमा खुम्चिएको छ ।
समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या १७ लाख ५१ हजार ३६१ पुगेको छ । अघिल्लो वर्ष यो संख्या १३ लाख ३९ हजार १८ रहेको थियो ।
चौथो त्रैमाससम्म कम्पनीले ३६ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ७३ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले नाफा ५०.६८ प्रतिशतले कम हो ।
चुक्तापुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको ईपीएस ७.२८ रुपैयाँ, पीई रेसियो ८८.७२ गुणा र प्रतिसेयर नेटवर्थ ११७.४८ रुपैयाँ रहेको छ ।
Shares