नेपाल क्यासिनो संघले गर्यो जाजरकोटको भूकम्प प्रभावित क्षेत्रका लागि ३५ लाख सहयोग

अर्थकागज
प्रकाशित: २१ कात्तिक २०८०
Image description

काठमाडौँ । नेपाल क्यासिनो संघले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको लागि ३५ लाख रुपयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्रीको प्रकोप राहत कोष लागि मंगलबार संघका अध्यक्ष बिनोद श्रेष्ठ सहितका टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ३५ लाख रुपयाँको चेक हस्तान्तरण गरिएको हो । 

जाजरकोट क्षेत्रमा भर्खरै आएको विनाशकारी भूकम्पका पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले सहयोग गरिएको संघका अध्यक्षले श्रेष्ठले जनाएको छन् ।

क्यासिनो एसोसिएसन अफ नेपाल योगदानको अतिरिक्त, डेल्टिन क्यासिनो, क्यासिनो महजोंग, महजोंग नेपालगन्ज, क्यासिनो प्यालेस नेपाल, क्यासिनो प्राइड, बेलिज क्यासिनो र क्यासिनो भेगास गरि प्रत्येकले ५–५ लाख सहयोग जुटाएर नेपाल क्यसिनो संघलाई हस्तान्तरण गरेका थियो ।

प्रधानमन्त्री निवासमा आयोजित समारोहमा बिनोद श्रेष्ठ लगायत संघका सदस्यहरूको उपस्थितमा प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर