सुमित केडिया सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संचालक समितिमा नियुक्त
प्रकाशित:
३० फागुन २०८०
काठमाडौं । सद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारणसभाबाट सुमित केडिया पब्लिक डिरेक्टर नियुक्त भएका छन् ।
बुधबार अर्थात फागुन ३० गते काठमाडौंमा सम्पन्न साधारणसभाबाट केडिया संचालक समितिमा नियुक्त भएका हुन् ।
उनी विगत लामो समयदेखि यस इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्दै आएका छन् । उनको संलग्नतामा सिद्धार्थ प्रिमियरले आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गरी नेपाली बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares