असार ३२ गतेदेखि शाइन रेसुंगा डेभलपमेण्ट बैंकले ऋणपत्र बिक्री खुला गर्ने

अर्थकागज
प्रकाशित: २३ असार २०८२
Image description

काठमाडौं । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेडले यही असार ३२ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।बैंकले १० वर्षे अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर रहेको ‘शाइन रेसुंगा डिबेन्चर’ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।

बैंकले जेठ २ गते नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपियाँबराबरको प्रतिइकाइ १ हजार रुपियाँका दरले कुल १० लाख इकाइ ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ ।

कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् ४ लाख कित्तामध्ये २० हजार सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ३ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ ।

यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।ऋणपत्रको निष्कासन बन्द साउन ४ गते हुनेछ । तर तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा म्याद १४ गतेसम्मका लागि लम्बिने बैंकले जनाएको छ । बैंकको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर