उपकार लघुवित्तको खुद नाफा २५२.७२% ले बढ्यो, ईपीएस ५२.९३ रुपैयाँ

अर्थकागज
प्रकाशित: २१ साउन २०८३
Image description

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार गरेको छ। समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ५२.९३ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १५.०१ रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो ।

संस्थाको खुद नाफा २५२.७२ प्रतिशतले बढेर ५ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म संस्थाले १ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी २१.८० प्रतिशतले वृद्धि भई २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा खुद सञ्चालन आम्दानी २१ करोड ७६ लाख रुपैयाँ र सञ्चालन मुनाफा ८ करोड २ लाख रुपैयाँ रहेको छ।

संस्थाले सम्भावित कर्जा नोक्सानीका लागि २ करोड ७४ लाख रुपैयाँ व्यवस्था गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो व्यवस्था ५ करोड ९ लाख रुपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ४८ लाख ८८ हजार रुपैयाँ पुगेको छ भने लाभांश क्षमता ४.६१ प्रतिशत कायम भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वितरणयोग्य मुनाफा ३ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको थियो भने लाभांश क्षमता पनि ३६.१५ प्रतिशत ऋणात्मक थियो।

समीक्षा अवधिसम्म संस्थाको जगेडा कोष (रिजर्भ) २१ करोड ३२ लाख रुपैयाँ पुगेको छ। साथै, १ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यद्यपि, संस्थाको खराब कर्जा (एनपीएल) अनुपात भने बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ४.८५ प्रतिशत रहेको खराब कर्जा अनुपा समीक्षा अवधिमा ९.९७ प्रतिशत पुगेको छ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर नेटवर्थ ३०५.५४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २,७१५.७२ रुपैयाँ, मूल्य–आम्दानी (पीई) अनुपात ५२.९० गुणा तथा तरलता अनुपात १५.७६ प्रतिशत कायम रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर