नेपाल पुनर्वीमाको ७ लाख कित्ता सेयर बेच्दै बिशाल ग्रुप, न्यूनतम मूल्य कति ?

अर्थकागज
प्रकाशित: ०४ भदौ २०८१
Image description

नेपाल पुनर्वीमा कम्पनी लिमिटेडका संस्थापक सेयरधनी बिशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको ७ लाख कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रि गर्न लागिएको छ । आज बुधबार भदौ ५ गतेदेखि इच्छुक बिद्यमान सेयरधनीहरुले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

सेयर किन्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आज भदौ ५ गते बुधबारदेखि कार्तिक असोज ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य ४५० रुपैयाँ तोकिएको छ। आवेदनकर्ताले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ।

बोलकबोल गर्दा न्यूनथम १ लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। विद्यमान संस्थापकहरुले बिक्री प्रबन्धकको कार्यालय, ट्रेड टावर, थापाथलीमा बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर