नेपाल धितोपत्र बोर्डले दियो हिमालयन बैंकलाई एफपीओ निष्काशन गर्ने अनुमति

अर्थकागज
प्रकाशित: २१ असार २०८२
Image description

काठमाडौं । हिमालयन बैंकले एफपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज असार २२ गते बैंकलाई एफपीओ निष्काशनको अनुमति दिएको हो ।

बोर्डले बैंकलाई अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ निष्काशन गर्ने अनुमति दिएको हो। बैंकले अंकित मूल्य १०० रुपैयाँमा ६९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १६९ रुपैयाँमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो। तर बोर्डले बैंकले प्रस्ताव गरेको मूल्यमा १२ रुपैयाँ घटाएर अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसंगै अब बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्काशन गर्ने छ । एफपीओ निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर