अरुण भ्याली हाइड्रोको नाफामा उछाल, बिद्युत बिक्रि आम्दानी १२९ प्रतिशतले बढ्यो

अर्थकागज
प्रकाशित: ३० साउन २०८२
Image description

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा उछाल देखिएको छ ।

असार मसान्तसम्ममा कम्पनीले ४४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९०९७०.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २७ कराड ४७ लाख रुपैयाँबाट १४९.२९ प्रतिशतले बढेर ११ करोड २ लाख रुपैयाँ पुगेको छ । ३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने ४७ करोड १२ लाख रुपैयाँ रहेको छ।

असार मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ २५ पैसा रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर