एनएलजी इन्स्योरेन्सले बोलायो साधारण सभा

अर्थकागज
प्रकाशित: ०४ जेठ २०८२
Image description

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले यही जेठ २९ गते बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजे १९औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आवको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक तोक्ने छ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालकको बैठक भत्ताबारेको प्रस्ताव पनि सभाका लागि समेटिएका छन्।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसर्थ जेठ २१ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रियाहरू

* * * <a href="https://proofcheck.org/index.php?qq1fze">Unlock Free Spins Today</a> * * * hs=dff42d9008af31c8160f3d8965747b6e* ххх*

1 year ago

r0csrd

* * * Unlock Free Spins Today: https://proofcheck.org/index.php?qq1fze * * * hs=dff42d9008af31c8160f3d8965747b6e* ххх*

1 year ago

r0csrd

सम्बन्धित खबर