नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, कति दिने भयो ?
प्रकाशित:
२७ पुस २०८१
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले सेयर लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीलाई चुक्तापुँजीको कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो। हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको छ। गत शुक्रबार बसेको कम्पनीको ३८८ औँ सञ्चालक समितिको बैठकले उक्त चुक्ता पुँजीको १० प्रतिशत बोनश सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयर धनीको खातामा जानेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares