नबिल बैंकको ‘वनलिंक’ मार्फत अब संसारभरबाट भुक्तानी  लिन सकिने

अर्थकागज
प्रकाशित: २२ असार २०८२
Image description

काठमाडौं । डिजिटल बैंकिङ कारोबारको दायरा थप सम्मुनत र वृहत बन्दै गएको छ । घण्टौंसम्म बैंकमा लाइन लागेर बैंकिङ सेवा लिनुपर्ने बाध्यात्मक पस्थितिबाट विस्तारै डिजिटल बैंकिङमा रुपान्तरण हुँदै गरेको यो पुस्ता पछिल्लो पटक घरमै बसेर विश्वभरको भूक्तानी कारोबार लिन÷दिन सक्षम बनेको छ । र नबिल बैंक यी यस्ता प्रविधिको विकास तथा अनुशरणमा अघ्रपंक्तिमा रहि आएको छ।

बैंकले हालसालै भूक्तानी सेवा प्रणालीको उत्तम नवीन प्रविधि ‘वनलिंक’ सेवा सञ्चालनमा ल्याएको छ । विशेषगरी व्यापारिक क्षेत्रमा भुक्तानी कारोबारको सहजताका लागि विकसित यो एक अफलाइन पद्धति हो जसमार्फत व्यवसायीहरुले सरल, सुरक्षित र भरपर्दो तरिकाले विश्वभरबाट भुक्तानी रकम संकलन गर्न सक्दछन ।

सन् १९९० को दशकदेखि कार्ड सुविधा तथा डिजिटल भुक्तानीको सेवामा अनवरत लागिरहेको बैंकले आफ्नो लामो अनुभव र दक्षतालाई थप परिस्कृत गर्दै वनलिंक जस्तो सुविधायुक्त प्ल्याटफर्म संचालनमा ल्याएको छ ।

नबिल बैंक एक यस्तो बैंक हो, जसले नेपालको बैंकिङ इतिहासमा पहिलोपटक क्रेडिट कार्ड, थ्री डी सेक्युरिटी, ट्याप एण्ड पे, ईएमभी जस्ता डिजिटल प्रविधिको प्रयोगमा ल्यायो । डिजिटल बैंकिङ कार्यमा यस्तो विरासत बोकेको बैंकले पछिल्लो पटक वनलिंक जस्तो बहुउपयोगी अफलाइन भूक्तानी साधनको विकास गरेर सेवाग्राहीलाई थप सहज, सुरक्षित र भरपर्दो भूक्तानी सेवा प्रवाह गर्ने कोशिष गरेको छ ।

वनलिंक के हो, यसले कसरी काम गर्छ ?

अन्तर्राष्ट्रिय बजार र सञ्जालसँग जोडिएका व्यवसायीहरुलाई अफलाइन कारोबारका लागि सहजीकरण होस् भन्ने उद्देश्यसाथ बैंकले वनलिंकको डिजाइन गरेको हो । यो व्यापारीहरूलाई बैंकद्वारा प्रदान गरिएको समर्पित पोर्टल वा ड्यासबोर्ड हो । यस पोर्टल मार्फत व्यापारीले आवश्यक भुक्तानीका लिङ्कको विकास गरि आफ्ना ग्राहकलाइ सोझै इमेल वा अन्य संचारका माध्यम मार्फत ति लिंक पठाउन सक्दछन। ग्राहकले उक्त लिंक खोलि कार्डको विवरण भरेर तोकिएको रकम तत्कालै भुक्तान गर्न सक्दछन।

के छ उपयोगिता, के छ फाइदा ?

वनलिंक विश्वव्यापी भूक्तानीको साधन हो । जो जुनसुकै देशमा बसेर पनि बैंकबाट विकास गरिएको यस लिंकमार्फत चाहेको ठाउँमा भूक्तानी दिन र लिन सकिन्छ । यो सबैभन्दा ठूलो फाइदाको विषय हो । यसबाट खासगरी पर्यटन व्यापारीहरूले अन्तर्राष्ट्रिय ग्राहकहरूबाट भुक्तानी स्वीकार गरेर आफ्नो ग्राहक आधार विस्तार गर्न सक्छन् । विशेष गरी व्यापारिक घरानाहरू, ट्राभल एजेन्सीहरू र पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायहरूलाई यो सेवा निकै लाभदायी छ । भविष्यमा हुने सम्भावित कारोबारको रकम वर्तमानमै व्यापारीले प्राप्त गर्ने हुदा सुनिस्चितताका साथ व्यवसाय गर्न मदत पुग्दछ। अर्को विशेषता भनेको कारोबारकोको भूक्तानी भए नभएको तत्काल जानकारी प्राप्त हुने हुँदा यसबाट व्यवसायीहरूले सहज लेनदेनहरूको विवरण राख्न सक्छन् ।

कम लागत तर सुरक्षित सेवा

अरु परम्परागत भुक्तानीका साधनहरुको तुलनामा वनलिंक निकै सस्तो र प्रभावकारी रहेको छ । कम सेवा शूल्कसँगै वनलिंक अझ बढि सुरक्षित, भरपर्दो र विश्वासिलो पनि छ । नबिल बैंकको विश्वसनीय पूर्वाधारमा आधारित यो सुविधाबाट विश्वव्यापी सञ्जालहरु जस्तै मास्टर कार्ड , भिसा कार्ड तथा युनियन पे कार्ड मार्फत भूक्तानी लिन सकिन्छ ।

विश्वभर छरिएर रहेका ग्राहकहरुबाट सजिलैसँग भुक्तानी गर्न लिन सकिने र नेपालका व्यवसायीले ढुक्क भएर कारोबार गर्न सकिने भएकोले यसको मागसँगै प्रयोगमा तीब्रता आएको बैंकले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर