आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न, १०.५२६३२% लाभांश पारित
काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा २४ पौष २०८२ गते बिहिबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा काठमाडौंको धुमवाराही स्थित दियो महलमा सम्पन्न भएको छ । उक्त सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि सहितको वित्तीय विवरण पारित गरेको छ । वित्तिय विवरण सगै उक्त सभाले आ.व. २०८२/०८३ को लागि कम्पनीको वाह्य लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
उक्त सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८१/०८२ को वितरण योग्य मुनाफाबाट कम्पनीको तत्काल कायम रहेको चुक्ता पूँजी को १०.५२६३२% (अक्षरेपी दश दशमलब पाँच दुई छ तिन दुई प्रतिशत) का दरले हुने रकम रु. ५२,६३,१५,७८९/–(अक्षरेपी बाउन्न करोड त्रिसट्ठी लाख पन्ध्र हजार सात सय उनान्नब्बे रुपैंया मात्र) नगद नगद लाभांश (कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गरकोे छ । विशेष प्रस्ताव अन्तर्गत सभाले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरकोे छ । भने सभाले आर्थिक वर्ष २०८१/०८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्चहरु अनुमोदन गरेको छ ।
सभाध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले सभामा बोल्दै कम्पनीकोे उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्नुहुने आदरणीय शेयरधनी महानुभावहरु, सञ्चालक समितिका सदस्यहरु, कम्पनी प्रति बिश्वास र भरोसा गर्नुहुने समस्त बीमितहरु, नियमनकारी निकायहरु, पुनर्बीमा कम्पनीहरु, कम्पनीका कर्मचारीहरु, मेरुदण्डकारुपमा रहेका अभिकर्ताहरु, बैंक तथा वित्तीय संस्थाहरु एवंम् अन्य शुभेच्छुकहरु सवै प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।
Shares