पञ्चकन्या ग्रुपद्वारा रक्तदान
प्रकाशित:
१० भदौ २०८०
काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५ १औं वार्षिकोत्सव रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको छ ।
विगत वर्षहरुमा झैं यस वर्ष पनि कम्पनीको केन्द्रीय कार्यालय, कृष्णगल्ली ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपस“ग आवद्ध शुभचिन्तकहरुको सहभागित रहेको थियो ।
रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यव्रmम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares