हिम स्टार ऊर्जा कम्पनीको सेयर सूचीकृत

अर्थकागज
प्रकाशित: ११ भदौ २०८२
Image description

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीको ३७ लाख ३० हजार कित्ता साधारण सेयर सूचीकृत भएको हो ।जसमध्ये ३० प्रतिशत सेयर सर्वसाधारण समूहको र बाँकी ७० प्रतिशत संस्थापक समूहको छ । आइतबारदेखि कम्पनीको सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

आरटीएस सेवा एनआईसी एसिया क्यापिटलले दिनेछ । कम्पनीले एचआईएमएसटीएआर (हिमस्टार) कोड पाएको छ ।

पहिलो पटक कारोबार हुँदा मूल्य प्रतिकित्ता ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्म हुने छ । पहिलो कारोबारपछि दिनभर मूल्य १० प्रतिशत बढ्न वा घट्न सक्नेछ । यसअघि कम्पनीको आईपीओ बाँडफाँटपछि प्राविधिक त्रुटि हुन गएको देखिएकाले उक्त त्रुटि सच्याउने समयावधिसम्म सम्पूर्ण धितोपत्र रोक्का राखेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर