भदौ २३ गतेदेखि १.३३ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्दै सिटि होटल, कसले दिने आवेदन ?

अर्थकागज
प्रकाशित: ०४ भदौ २०८२
Image description

काठमाडौं । सिटि होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । होटलले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

होटलले प्रतिकित्ता एक सय अंकित दरले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले १ः ०.८ को अनुपातमा अर्थात १० कित्ता साधारण सेयर बराबर ८ कित्ता सेयरका दरले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्दैछ ।

यस हकप्रद सेयर प्रयोजनका लागि साउन २७ गते बुक क्लोज गरिसकेको छ । अर्थात साउन २६ गतेसम्मका सेयरधनीले उक्त हकप्रद सेयर भर्न पाउनेछन् । भदौ २३ गतेदेखि निश्कासन हुने हकप्रद सेयर असोज १२ गते बैकिङ्ग समय पश्चात बन्द हुनेछ ।

कप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटल, सिटी होटल, र प्रभु बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यसका साथै सर्बसाधारण सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर