राष्ट्रिय बाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच NPS-NCS अन्तर्गत नेपाल पे कार्ड सम्बन्धि सम्झौता सम्पन्न

अर्थकागज
प्रकाशित: १० वैशाख २०८३
Image description

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेडबीच NPS-NCS अन्तर्गत नेपाल पे कार्ड सम्बन्धि सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा बिहिबार एक कार्यक्रम आयोजना गरी सम्झौता–पत्र आदानप्रदान गरियो । उक्त सम्झौता–पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियिरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  निलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौता पश्चात् राष्ट्रिय बाणिज्य बैंक लिमिटेड नेपाल क्लियिरिङ हाउस लिमिटेडमार्फत उपलब्ध हुने NPS-National Card Switch (NPS-NCS) र Domestic Card Scheme (NEPALPAY Card) को प्रमुख सदस्य भएको छ । यस मार्फत राष्ट्रिय बाणिज्य बैंकका ग्राहकले निकट भविष्यमा नेपाल पे कार्ड सम्बन्धि सेवाहरु उपभोग गर्न पाउनेछन् ।
सम्झौता–पत्र आदानप्रदान कार्यक्रममा नेपाल क्लियिरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, कार्ड बिजनेस प्रमुख पबिन्द्र राजभण्डारी र कार्ड अप्रेशन प्रमुख प्रविन आचार्यको उपस्थिति रहेको थियो भने राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उप-कार्यकारी अधिकृत पवन रेग्मी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख गगन सिंह घिमिरे, विभागीय उपप्रमुख हेमन्त जिसी, प्रबन्धक राजेश कुमार मोक्तान, उपप्रबन्धक समिरा आचार्य लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर