जेठ ६ गतेदेखि विकास हाइड्रोपावरले आईपीओ जारी गर्ने

अर्थकागज
प्रकाशित: २७ वैशाख २०८२
Image description

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडले जेठ ६ पहिलो चरणको आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपियाँको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपियाँबराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ९ करोड ९ लाख १० हजार रुपियाँको प्रतिशेयर १०० रुपियाँका दरले ९ लाख ९ हजार १०१ कित्ता शेयर आयोजना प्रभावित बासिन्दाका लागि बिक्री गर्नेछ ।

जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता सेयर अति प्रभावित क्षेत्रका (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५ मा स्थायी बसोबास गर्ने) बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।

त्यस्तै, ५ लाख ४५ हजार ४६१ कित्ता शेयर प्रभावित क्षेत्र (गोरखाको धार्चे गाउँपालिकाको वडा नं. १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दामा बाँडफाँट गरिनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर