रिलायबल नेपाल लाइफको आईपीओ आज बाँडफाँट
प्रकाशित:
३० साउन २०८०
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडकोे साधारणस सेयर (आईपीओ) आज (बुधबार) बाँडफाँट हुदैछ ।
सेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज साँझ ५.३० बजे सिटिसी मल सुन्धारा, काठमाडौंमा रहेको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट हुने भएको हो ।
कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँको दरले सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर बिक्री खुला गरेको थियो ।
जसमा १४ लाख ७७ हजार ८७७ जनाले कुल १ करोड ७४ लाख ८६ हजार २८० कित्ताको लागि आवेदन दिएका छन् । यसमा मागभन्दा १.८२ गुणा बढी आवेदन परेको छ । आईपीओ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares