मुक्तिनाथ विकास बैंकको नाफामा २५.५७ प्रतिशतको गिरावाट

अर्थकागज
प्रकाशित: १८ कात्तिक २०८०
Image description

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफामा गिरावाट आएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफामा २५.५७% ले गिरावाट आएको हो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २२ करोड ८८ लाख रुपैयाँमा नाफा कमाउन सफल भएको छ । बैंकले गत वर्षको यसैअवधिमा यसले ३० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सोही अवधिमा गत वर्षको भन्दा यस वर्षमा नाफामा २५.५७% ले घटेको छ ।

बैंकको खुद ब्याज आम्दानी भने १.९८% ले बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २२.०२% ले घटेर ३४ करोड २४ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसैअवधिमा २५ करोड १ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष बढेर ३६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

खराब कर्जा ०.७७% ले बढेर १.४९% पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ६ अर्ब ४२ करोड रुपैयाँ र रिजर्भ कोषमा २ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९० पैसा घटेर १४ रुपैयाँ २५ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९० पैसा छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर