एशियन लाईफ इन्स्योरेन्सको ’’बिजनेश एक्सिलेन्स अवार्ड २०८०’’ बिर्तामोडमा सम्पन्न

अर्थकागज
प्रकाशित: ०८ भदौ २०८०
Image description

बिर्तामोड । एशियन लाईफ इन्स्योरेन्सको प्रदेश स्तरिय अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम 'बिजनेश एक्सिलेन्स अवार्ड २०८०' शनिबार बिर्तामोडमा भव्यताका साथ सम्पन्न भएको छ ।

दुई दिनसम्म सन्चालन भएको कार्यक्रमको पहिलो दिन अभिकर्ता प्रशिक्षण र दोश्रो दिन अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको प्रदेशस्तरिय अभिकर्ता सम्मान कार्यक्रममा कोशी प्रदेशबाट उत्कृट हुनु भएका अभिकर्ता उमानन्द राजवंशी(बिर्तामोड) धनमाया कोइराला(इटहरी), बिबि थामसुहाङ(इलाम) र क्लब मेम्बर तर्फ रेखा खड्का(दमक), बिमल गुरुङ(दमक) र उमानन्द राजवंशी(बिर्तामोड)लाई विशेष सम्मान गरिएको थियो । यसैगरी प्रदेशभरबाट नयाँ व्यवसाय प्रवर्द्धनमा योगदान पुर्याउनु भएका विभिन्न शाखा तथा उपशाखाका अभिकर्तालाई समेत प्रशंसा पत्र र एडभाइजर ब्याज वितरण गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका दुई सयभन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो। कार्यक्रमको पहिलो दिन सहभागि अभिकर्ताहरुलाई न्यूरो लिङ्ग्वीस्टिक ट्रेनर मीन घलेले बीमा बिक्री कला र वित्तीय सल्लाहकारको भूमिका सम्बन्धमा प्रशिक्षण दिएका थिए ।  

कार्यक्रममा प्रमुख अतिथि तथा कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एक अर्काको पुरकको रूपमा कार्यरत अभिकर्ता र कम्पनी व्यवस्थापनको सहकार्यबाट व्यवसायीक सफलता सुनिश्चित गर्न संभव भएको भन्दै अभिकर्ताहरूलाई शुभकामना दिएका थिए ।  

प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले अभिकर्तालाई व्यवसाय प्रवर्द्धनमा हरसंभव सहयोग गर्न व्यवस्थापन र सञ्चालक समिति दुबै सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझै व्यवसायीकरुपमा काम गर्न अभिकर्ताहरुलाई शुभकामना दिएका थिए ।  

कार्यक्रममा कम्पनीको कोशी प्रदेश प्रमुख रितु प्रधान, शाखा उपशाखा प्रमुख,पेशागत अभिकर्ता संघका केन्द्रीय सदस्य उमानन्द राजवंशी र बीमक समितिका विष्णु कुमार कार्कीलगायतको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर