नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा अति आकर्षक ५.७५% ब्याजदरमा एसएमई कर्जा योजना सार्वजनिक
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै अति आकर्षक ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा सुविधा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले वार्षिक ५.७५% को अति आकर्षक ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन्। यो ब्याजदर एक बर्षसम्म स्थिर रहनेछ ।
“मेहेनती हातलाई हाम्रो साथ” भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जा सदुपयोगिताको आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउनेबैेंककोलक्ष्य रहेको छ । यस योजनामार्फत व्यवसायी तथा उद्यमीहरूले आफ्नो व्यवसाय विस्तार, चालु पूँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकता अनुसार कर्जा प्राप्त गर्न सक्नेछन्।
एनआईएमबीले देशभर रहेका २५१ शाखा मार्फत एसएमई कर्जा सम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको छ । बैंकले मेहनती उद्यमी तथा व्यवसायीहरूसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यवसायिक विकास र समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।
Shares