नेप्से १९.२७ अंकले बढ्यो, ५ अर्ब ६४ करोडको कारोबार

अर्थकागज
प्रकाशित: १६ फागुन २०८२
Image description

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आइतबार नेप्से १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४१ कम्पनिका एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज सालपा विकास बैंक र रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी हिमस्टार उर्जाको सेयर ४.१६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी राढ़ी जलविद्युतको ३६ करोड बराबरको कारोबार भएको छ भने अपि पावरको ३३ करोड २१ लाख बराबरको कारोबार भएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर