लक्ष्मी सन्‌राईज बैंकको २४ औं बार्षिक साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: २३ पुस २०८१
Image description

काठमाडौं । काठमाडौं । लक्ष्मी सन्‌राईज  बैंक लिमिटेडले चौबिसौँ वार्षिक साधारणसभा आज अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा भव्य र सभ्यरुपले सम्पन्न भएको छ ।

बैंकका संचालक समितिका अध्यक्ष रमण नेपालको अध्यक्षतामा भएको सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । त्यसै गरी साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ३३३ अर्ब निक्षेप र रु २५८ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु ३९५ अर्ब रहेको छ । सो आर्थिक वर्षमा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।  


प्रतिक्रियाहरू

सम्बन्धित खबर