नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा मेनेजर त्रिशुली नदिमा हाम फालेर बेपत्ता

अर्थकागज
प्रकाशित: १५ असोज २०८०
Image description

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेटौंडा शाखाको मेनेजर नदीमा हाम फालेर बेपत्ता भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ चौकिटोल बस्ने ३८ बर्षिय बैंकर निराजन देवकोटा त्रिशुली नदिमा फालेर बेपत्ता भएका हुन् ।

सोमबार विहानै काठमाडौंस्थित नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका केन्द्रिय कार्यालयमा जान्छु भनेर देवकोटा घरबाट हिडेका परिवारको स्रोतले बताएको छ । उनले बा प्र ०३-००५ प ४१७६ नम्वरको मोटरसाइकल र चप्पल पुलमा छाडेर नदीमा हाम फालेका थिए प्रत्यक्षदर्शील बताएका छन् ।

बेपत्ता देवकोटाको प्रहरी र परिवारले खोजी कार्यलाई तीव्र पारेको छ । यसको विषयमा अर्थ कागज डटकले बुझ्नको लागि बैंकका  आधिकारी व्यक्तिलाई फोन गर्दा फोन उठाएनन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर