गुराँस लघुवित्तको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?
प्रकाशित:
२४ भदौ २०८१
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
प्रतिक्रियाहरू
रबिन्द्र
1 year ago
थाेरै भाे त
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares