गभर्नर अधिकारी भने-'नेपालका बैंक डुब्ने अवस्थामा छैनन् '
प्रकाशित:
१३ फागुन २०८०
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंक डुब्ने अवस्थामा नरहेको बताएका छन् । बैंकर्स संघले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बोलेका हुन् ।
बैंकिङ क्षेत्रको वर्तमान अवस्थाबारे बैंकर्स संघले अयोजना गरेको कार्यक्रममा गर्भनरले भने-'नेपालका कुनै पनि बैंक डुब्ने अवस्थामा छैनन्, राष्ट्र बैंकले निक्षेपकर्ताको पैसा डुब्न दिँदैन ।'
‘राष्ट्र बैंकको नीतिगत कडाइका कारणले बैंकहरुमा समस्या आउँदैन ।’ गर्भनरले भने-'अधिकारीले अहिले बढेको खराब कर्जा वास्तविक हो ।'
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares