निफ्राको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २० कात्तिक २०८०
Image description

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको कार्तिक २० गते सोमबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४.२१०५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५ले हुने ९० करोड ९४ लाख ६८ हजार रुपैंया नगद लाभांस (लाभांस कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर